समानुपातिक सांसद र स्थानीय निर्वाचनमा हारेकालाई टिकट दिनु नहुने

काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सांसद रहेकाहरूलाई सोही पदमा दोर्होयाउन नहुने धारणा एमालेका पोलिटब्यूरो सदस्यहरुको छ ।बिहीबार सम्पन्न पोलिटब्युरोको बैठकमा अधिकांश सदस्यले समानुपातिकको अवसर एकपटकभन्दा बढी दिन नहुने राय प्रकट गरेका हुन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डाबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोर्होयाउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताए…